arrow

सशस्त्रले धमाधम अवैध मालसामान पक्राउ गरी भन्सार पठाउँदै

logo
रवीन्द्र यादव,
प्रकाशित २०७७ चैत ८ आइतबार
apf5.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वार्टर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले तस्कर विरुद्ध खरो उत्रिएका छन्। तस्करहरूको बिगबिगी बढेको सूचना पाए लगतै एसपी अधिकारी सीमा तिर निगरानी बढाएको बुझिएको छ।

त्यस्तै जिल्ला मातहत रहेको बिओपी इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन  गणपति अधिकारीले निर्देशन समेत दिएका छन्। एसपी अधिकारीको विशेष निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट ५ लाख २८ हजार ७ सय मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल मातहत स.प्र.बल नेपाल बिओपी गुठिप्रसौनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सेमरीबाट र प्रतापपुर गाउँपालिका-६ हरपुर र बर्दघाट नगरपालिका-४ चिसापानी इलाकाहरूमा खटिई गएको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मूल्य रु ५,२८,७००।- (पाँच लाख अट्ठाइस हजार सात सय मात्र) बराबरको लत्ता कपडा टप्स-५४ पिस, कुर्ता सुरुवाल १५ पिस, फाइबर डसना १० पिस¸थानको कपडा -४ रोल (५६० मि.), लेडिज कुर्था सुरुवाल-९६ पिस बरामद गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सूचना आधिकारी माधव रेग्मीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ