arrow

मन छुने गीतको तयारीमा हिराकाजी र नागेन्द्र, यस्तो बन्यो‘काँडा’को टिजर

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
KADA11.jpg

काठमाडौं । एउटै गीतबाट ६ वटा अवार्ड जितेर कमाल गरेका बरिष्ठ गीतकार हिराकाजी थापाको नयाँ गीत ‘काँडा’ को भिडियो रिलिजको तयारीमा छ ।

थापाले बेलायतबाट नै निर्देशन गरेको गीतले नेपालमा कमाल गरिररहँदा थापाले निर्देशन गरेको र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा तयार भएको नयाँ गीत काँडाको टिजर सार्वजनिक गरिएको छ ।

हिराकाजी र नागेन्द्रको क्रमश शब्द संगीतमा तयार ‘मैले रुँदा’ बोलको गीतले ६ विधामा अवार्ड हात पार्न सफल भइरहँदा काँडाको टिजर बाहिरिएसँगै अर्को सशक्त गीत नेपाली सांगीतिक क्षेत्रले पाउने पक्का छ ।

जसमा शब्द शृजना विन्दु प्रसाद अधिकारीको रहेको छ भने संगीत बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको रहँदा काँडामा बहुचर्चित गायिका अञ्जु पन्तले स्वर भरेकी छिन् । जसमा एरेन्ज साहस शाक्यले गरेका छन् ।

गौरव गिरीको कन्सेप्ट र कोरियोग्राफी रहेको गीतमा समिक्षा बस्नेत, भद्रजंग कुन्वर, आरती आले मगर, आरुषी धमला, तपष अधिकारी र संगम पाण्डेको अभिनय देख्न सकिन्छ ।

दीपक गिरीको छायांकन रहेको गीतमा  तुलसी फिल्मसको सम्पादन रहेको छ । श्याम कुँवरको कलर ग्रेडिगं रहेको गीत ह्यागं इन्टरटेनमेन्टबाट बजारमा ल्याउने तयारी गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ