arrow

गर्भवती महिलाको भूमिका गर्नुपर्दा रोएर झन्डै चलचित्र क्षेत्र छाडें : विपना थापा

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
bipana_thapa.jpg

काठमाडौं । करिब १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट गुमनाम भएकी नायिका विपना थापा कमब्याक गर्ने सोचमा पुगेकी छिन् ।

भारतीय मुलका आयुतोष भारद्वाजसँग विवाह बन्दनमा बाँधिएपछि फिल्म क्षेत्रबाट टाढिएकी विपना चलचित्रमा कमब्याक गर्ने तयारीमा छिन् । विपनाले आफ्नै नाममा खोलेको यूट्युब च्यानलमा पहिलो चलचित्र अफर हुँदाको क्षण सुनाएकी छिन् ।

‘म साथीहरुसँग सुन्धारामा मोहन निरौला सरको टेलिचलचित्रको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्यामेरा मेरो फेसमा आएर अडिएछ, क्यामेरामा मलाई देखेपछि मोहन सरले बोलाएर चलचित्र प्रस्ताव गरेको सुनाइन ।

उनले भनेकी छिन्, प्रस्ताव आउँदा म अक्कनबक्क भएँ । मैले परिवारमा आएर कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भोलीपल्टै घरमा आएर कुरा गर्नुभयो ।

स्क्रिप्ट र मेरो भूमिका सुनेपछि परिवारले ‘ओके’ गर्नुभयो । त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’ उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झन्छिन् । तर, पहिलो सिनमा नै गर्भवती महिलाको गेटअपमा देखिन लाज लागेर उनी चलचित्र नै छाड्ने निधोमा पुगेकी थिइन् ।

उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आएका थिए । त्यही दिन मैले गर्भवती महिलाको सिन दिनुपर्ने थियो । तर, लाजले मैंले त्यो सिन गर्नै मानिन् । एकदमै रोएर चलचित्र नै गर्दिनँ भनको थिएँ ।’

बसुन्धारा भुषालले सम्झाइ बुझाइ गरेपछि आफू गर्भवती महिलाको सिन दिन तयार भएको भिडियोमा विपनाले भनेकी छन्  ।  चलचित्रमा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनुपर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झन्छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ