arrow

नबिल बैङ्कले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने 'नबिल आई कार्ड'

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
nabil-iCard-500-dollar.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैङ्कले अमेरिकी डलर नबिल आई कार्ड ल्याएको छ। यस बैङ्कमा खाता भएका ग्राहकहरूले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई-कमर्स वेबसाइट मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सकिने बैङ्कले जनाएको छ।

सो कार्ड लिनको लागि ग्राहकहरूको खाता सँगै प्यान कार्ड पनि अनिवार्य हुने छ। ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समय अनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ