arrow

‘कू’ को क्रुरता, सेनाले मार्यो सात वर्षे बालिका

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
myanmar-ku2.jpg

काठमाडौं । म्यानमारको सैन्य ‘कू’ यति क्रुर बन्दै गएको छ कि सेनाले मानवता पूरै भुलेको छ । उसले घरमै घुसेर सात वर्षीया बालिकालाई गोली हानेर मारेको छ । 

गत फेब्रुअरी १ तारिखमा म्यानमारमा सैन्य कू गरेपछि भएका प्रदर्शनपछि मृत्यु हुने सबैभन्दा कम उमेरकी यिनै बालिका हुन् । 

उनलाई आफ्नो घरमै रहेका बेलामा सेनाले मण्डाले शहरमा गोली हानेर सेनाले मारेको उनका परिवारले बताएको बीबीसीले लेखेको छ । 

सेभ द चिल्ड्रेनले म्यानमारमा कूपछि अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको बताएको छ । अहिलेसम्म १६४ जनाको ज्यान गइसकेको सेनाले बताएको छ । 

तर म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ