arrow

बिहीबार कस्तो छ तपाईँको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ चैत १२ बिहिबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग
आज मिति २०७७ चैत १२ गते बिहीबार, इस्वीसंवत मार्च २५ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। शिशिर ऋतु चलिरहेको छ।

चान्द्रमान अनुसार फाल्गुन शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज फाल्गुन शुक्ल पक्षको एकादशी तिथि रहनेछ। आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा सुकर्म, करणमा वणिज, आनन्दादि योगमा अमृत रहनेछ।

सूर्य मीन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ। आज दिनमान ३० घटी २२ पला अर्थात् १२ घण्टा २ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४ मिनेटमा तरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ६ बजेर १७ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ। व्यापार व्यवसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला। आर्थिक व्यवस्थापन लागि गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध उङ्न सक्छन्, ध्यान दिनुहोला। हरेक क्षेत्रमा अवसरवादीहरू हाबी हुँनाले कामहरू समयमा सम्पन्न हुँदैनन्। पढाई लेखाइमा एकरूपमा नहुँदा अरूभन्दा पछि परिनेछ। प्रेममा अबश्विास तथा धोका हुने अधिक सम्भावना रहेको छ। बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ। व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। भौतिक सम्पत्ति तथा मानव निमित्त बस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ। लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ। बिद्यार्थी हरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरूको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरू बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय निकै महत्त्वपूर्ण छ । आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरू गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । प्रतिस्पर्धी हरूलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरू तपाएकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । विभिन्न अवसरहरू आउने हुँदा त्यसलाई क्याच गरी मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा सोचेजस्तै प्रगति हुने हुँनाले आफन्त तथा गुरुहरू प्रसन्न हुनेछन् । छोटो तथा रमाइलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसीयाली छाउनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । दाजुभाइ तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना उङ्न सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरूभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झैँ झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसुस हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरू स्वतत् ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पन्थीमा तपाईँको नाम आउनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन् भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाएकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा उङ्न सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखी बनाउनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईँले सुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरू खडा गर्नेछन् । पढाई लेखाइमा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइत : आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:११ बजेदेखि         ७:४१ बजेसम्म        शुभ बेला
बिहान ७:४१ बजेदेखि         ९:११ बजेसम्म        रोग बेला
बिहान ९:११ बजेदेखि         १०:४१ बजेसम्म        उद्वेग बेला
बिहान १०:४१ बजेदेखि        १२:१२ बजेसम्म        चर बेला
बिहान १२:१२ बजेदेखि        १:४२ बजेसम्म        लाभ बेला
दिनमा १:४२ बजेदेखि          ३:१२ बजेसम्म        अमृत बेला
दिनमा ३:१२ बजेदेखि           ४:४२ बजेसम्म        काल बेला       
दिउँसो ४:४२ बजेदेखि           ५:१३ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ। त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला। राहुकला समय : दिनमा १:३० देखि ३:०० बजेसम्म राहुकला समय रहनेछ। यो समय भित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ।)
 



नयाँ