arrow

फिल्म ‘ए’ को छायांकन गर्न जाने क्रममा निर्देशक कटुवाल घाइते

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
karwal.jpg

काठमाडौं । निर्देशक भोमन कटुवाल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । बुधवार फिल्म ‘ए’ को छायांकन गर्न जाने क्रममा कुपन्डोलमा चढेको मोटरसाइकल दुर्घटना भएको हो ।

उनलाई घुँडामा चोट लागेपछि नेपाल नेशनल अस्पताल कलंकीमा भर्ना गरिएको छ । फिल्म युनिटका अनुसार कटुवालको अवस्था सामान्य रहेको छ ।

यस फिल्मको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगाएत रहेकाछन् भने बाल कलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो फिल्मको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।
फिल्मत्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहने छ ।

फिल्ममा द्धन्द्ध राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् । फिल्मको निर्देशन भने भोमन कटुवालले गर्दैछन् फिल्ममा प्रलाद काफ्लेको लगानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ