arrow

६ मन्त्री थप्दै शेरधन : माओवादी छाडेका आङ्बुहाङले पाउने भए योजना मन्त्रालय

logo
विवेक मिश्र,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
sherdhan-rai-1.jpg

 मोरङ । प्रदेश नम्बर १ सरकारले शुक्रवार मन्त्रीमण्डल पुनर्गठन गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै छ जना मन्त्री थप गर्ने भएका छन् ।  

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सोही मन्त्रालयको ‘फुल मन्त्री’ बन्ने पक्का भएको छ ।

त्यसै गरी पहिल्यै मन्त्रीको शपथ लिने तयारी भएर पनि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सीमित बनेका राम राना शुक्रवार सोही मन्त्रालयको ‘फुल मन्त्री’ बन्ने भएका हुन् ।

यता माओवादी छाडेका टङ्क आङ्बुहाङले आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा शपथ लिंदैछन् । खोटाङकी प्रदेश सांसद उषाकला राई सामाजिक विकास मन्त्री हुने भएकी छन् ।

उदयपुरकी सांसद कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा शपथ लिने जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शपथका लागि तयारी गर्न भनेपछि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।

यद्यपि मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखको कार्यालयमा नयाँ मन्त्रीहरूको नामावलीसहितको पत्र पठाउन बाँकी रहेको स्रोतले जनाएको छ ।

शपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फुल मन्त्री’ पाउने छन् । शपथपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय हुनेछ ।

सर्वोच्च अदालतको फैसलाले  दल अलग भएपछि मुख्यमन्त्री शेरधन राई आफ्नो दल नेकपा एमालेभित्र बलियो बनेका हुन् ।

उनले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन लिखित निर्देशन दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ