arrow

नबिल बैङ्कलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
nabil-employ-awarded.jpg

काठमाडौँ। निजी क्षेत्रको पहिलो बैङ्क नबिल बैङ्कले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ। मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैङ्कलाई सो अवार्ड प्रदान गरेको हो। कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैङ्कले प्राप्त गरेको हो।

बैङ्कभित्र रहेको मानव संसाधनलाई बैङ्कले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। कर्मचारीहरूको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैङ्कलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो। सोही छनौट समितिले नबिल बैङ्कलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो।

बैङ्कमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैङ्कप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैङ्कले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो।

बैङ्कको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैङ्कप्रति सन्तुष्ट रहेका छन्। कोरोना कहरका बिच पनि नबिल बैङ्कले ७ महिना बराबरको तलब बोनस दिएको थियो।

नबिल बैङ्कले स्टार बैङ्करहरू समेत जन्माइसकेको छ। बैङ्कका १ हजार एक सय २८ भन्दा बढी कर्मचारीहरू स्थायी रूपमा कार्यरत रहेका छन्। नबिल बैङ्कलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैङ्कद्वारा पुरस्कृत गरेको थियो।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ