arrow

बर्माको बेथा

म्यानमारमा नरसंहार, एकैदिन चार बालबालिकासहित ९० बढीको हत्या

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
myanmar-ku3.jpg

काठमाडौं । म्यानमारमा शनिबार सैनिकले नरसंहार गरेको छ । सैन्य कूको विरुद्धमा आन्दोलनरत प्रदर्शनकारीमाथि बर्बर दमन गर्ने क्रममा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९० जनाभन्दा बढीको ज्यान लिएको हो । 

ज्यान गुमाउनेमा चार जना बालबालिका पनि हुन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार शनिबार ९० जना भन्दा बढीको ज्यान गएको बीबीसीले लेखेको छ । 

रोयटर्सलाई एक स्थानीयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले चरा वा कुखुरा मारेजस्तै मानिसहरुलाई मारेको हो । 

मृतकको संख्या भने शनिबार फरक फरक देखाइएको छ । म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ । 

समाचार एजेन्सी म्यानमार नावका अनुसार विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । 

आन्दोलनकारीहरुले आन्दोलनलाई अझै जारी राख्ने उद्घोषसमेत गरेका छन् । म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य कू भएपछि अहिलेसम्म ४०० भन्दा बढीको ज्यान गइसकेको छ । १ फेब्रुअरीमा सैनिक कु गर्दै सेना प्रमुख मिन आङ लाइङले राज्यसत्ता हत्याएपछि म्यानमारमा नागरिक प्रदर्शन सुरु भएको थियो । 

बीबीसीका अनुसार अहिलेसम्म ४०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । 

यो दमनको भने विश्वभर विरोध भइरहेको छ । म्यानमार अर्थात् बर्मा छट्पटिइरहँदा विश्वभरले यसको आलोचना गरेको छ ।

म्यानमार सेनाले पनि पुनः निर्वाचन गरेर सत्ता सुम्पने दाबी गरे पनि व्यवहारमा भने निकै क्रुरता अपनाइरहेको छ । 



नयाँ