arrow

चीन सागरमा फिलिपिन्सले पठायो लडाकु विमान

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
china-sea.png

काठमाडौँ । दक्षिण चीन सागरको विवादित जल क्षेत्रमा लडाकु विमान पठाइरहेको फिलिपिन्सका रक्षामन्त्रीले बताएका छन् ।

फिलिपिन्सको विशेष आर्थिक अधिकार क्षेत्रभित्र पर्ने ह्विस्टन समुद्री चट्टान क्षेत्रमा २०० चिनियाँ नौ सेनाका जहाजहरूको उपस्थिति छ । केही दिन अघि फिलिपिन्सले आफ्नो विशेष अधिकार क्षेत्रमा चिनियाँ भेसल आएको बताएको थियो ।

चिनियाँ नौ सेनाले हतियारसहित र धम्की दिने उपस्थिति गरेको फिलिपिन्सले बताएपछि अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ ।

यसबिच आइतबार फिलिपिन्सका रक्षा मन्त्री डेलफिन लोरेन्जानालेले एक विज्ञप्ति जारी गर्दै, स्थिति अनुगमन गर्न दैनिक रूपमा सैन्य विमानहरू पठाइरहेको बताएका हुन् ।

चिनियाँ नौसेनाका जहाजहरूलाई फिर्ता जान आग्रह गर्दै उनले आफ्नो सार्वभौमिकता र मछुवाहरूलाई बचाउन अझै सैन्य उपस्थिति बढाउने बताएका छन् । अन्तर्राष्ट्रिय कानुनले यो क्षेत्र फिलिपिन्सको हुने स्पष्ट पारेको छ, तर पनि चीनले आफ्नो दाबी निरन्तर राखेको छ ।



लोकप्रिय समाचार
नयाँ