arrow

बल्देधुरीमा युवाहरुबीच झडप, केही हताहती, प्रहरी घटनास्थलमा

logo
हरि पन्त, 
प्रकाशित २०७७ चैत १६ सोमबार
Badigad_Gaunpalika2.png

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका १० दर्लिङ र प्यूठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । 

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।

गुल्मी, बागलुङ र प्यूठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए । 

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य समेत थिए । आइतबार दिउँसो बडिगाड १० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका ७ र बडिगाड १० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो । अन्य केही भएको भन्दै बेपत्ताको खोजी भइरहेको छ ।

प्रहरी घटनास्थलतर्फ 
मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा आइतबार राति नै ल्याइएको हवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ