- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आचार्य चाणक्य कुशाग्र बुद्धिका विद्वान थिए। आज पनि उनी उत्कृष्ट विद्वानहरूमा गनिन्छन् । आचार्य चाणक्यले प्रतिकूल परिस्थितिहरूमा पनि आफ्नो बुद्धि प्रयोग गरेर शत्रुलाई पराजित गरे। आचार्य चाणक्यले आफ्नो ज्ञान र अनुभवको आधारमा नीतिशास्त्रको रचना गरे । जसलाई चाणक्य नीति भनिन्छ। आचार्य चाणक्यले लिखित नीतिले जीवनको विभिन्न पक्षसँग सम्बन्धित महत्त्वपूर्ण कुराहरूको व्याख्या गर्दछ। नीति शास्त्रमा, चाणक्यले त्यस्ता कुरा उल्लेख गरेका छन्, जुन अरूलाई दुःखको समयमा पनि भन्नु हुँदैन। यदि एक व्यक्तिले यी चीजहरू अरूको सामु उल्लेख गर्छ भने उसले अपमान र नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ।
धन नाश
चाणक्य भन्छन् बुद्धिमान मानिसले धनको नष्ट भएपछि यो कुरा कसैको सामु राख्नु हुँदैन। यस्तो अवस्थामा, व्यक्ति तपाईँसामु सहानुभूति व्यक्त त गर्दछन् तर सहयोग गर्न हिचकिचाउँछन्। सम्पत्तिको विनाश भएको समयमा कुनै पनि व्यक्तिले फाइदा उठाउन सक्छ। तपाईँ समस्यामा त फस्नु हुनेछ नै साथै तपाईँले अपमान पनि सहनुपर्नेछ ।
पारिवारिक विवाद
यदि परिवारमा कुनै प्रकारको दोष छ भने यो कसैको अगाडि उल्लेख गर्नु हुँदैन। यदि परिवारमा कुनै प्रकारको असन्तुष्टि छ वा कुनै पनि सदस्यमा कुनै दोष छ भने, तपाईँले यी सबै कुरा बिर्साएर पनि अरूको अगाडि बोल्नु हुँदैन। तपाईँको पारिवारिक मतभेदहरूको मानिसहरूले फाइदा लिन्छन्।
श्रीमान् र श्रीमती मनमुटाब
आचार्य चाणक्य भन्छन् श्रीमान् र श्रीमतीको कुरा तेस्रो व्यक्तिको अगाडि कहिले पनि भन्नु हुँदैन। यसले तपाईँको इज्जत मान सम्मानमा चोट पुर्याउन सक्छ। पति र पत्नी बिचको सम्बन्ध नितान्त व्यक्तिगत हुन्छ। यदि श्रीमान् र श्रीमती बिच कुनै विवाद छ र श्रीमतीले कुनै गलत व्यवहार गरिन् भने, त्यसको उल्लेख बिर्सिएर पनि कसैको अगाडि गर्नु हुँदैन।
अपमान
आचार्य चाणक्यका अनुसार यदि तपाईँले कहीँ कतै कठोर र गालिका शब्दहरू सुन्नु परेको छ । वा तपाईँलाई अपमान गरिएको छ भने तपाईँले कसैलाई पनि यस बारे भन्नु हुँदैन। मानिसहरूले सहानुभूति देखाउने बहानामा उल्टो उपहास गर्छन्। तसर्थ, यस कुरालाई जति गोप्य राखिन्छ त्यति नै आफ्नो फाइदा हुन्छ ।