arrow

सबै भन्दा बढी आयकर तिर्ने नबिल बैङ्क पाचौँ पटक सम्मानित

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
nabil-bank-ird.jpg

काठमाडौँ। आर्थिक वर्ष २०७५-२०७६ मा बैङ्क तथा वित्तीय संस्था हरूमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैङ्कलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ। बैङ्कले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको जनाएको छ।

विभागले गत मङ्सिरमा कर दिवसको अवसर पारेर बैङ्कलाई बैङ्क हरूमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैङ्कलाई राखेको थियो। मङ्सिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने हुन सकेको थिएन।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाचौँ पटक हो। समृद्ध मुलुक निर्माणका लागि बैङ्कले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको जनाएको छ। बैङ्कले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र ट्याक्सको रूपमा राज्यको योगदानमा केन्द्रित रहेको छ।

नबिल बैङ्क मुलुकको धेरै बैङ्किङ गतिविधिहरूको लागि पायोनियर बैङ्क हो। बैङ्कको गतिविधि मार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन। जनताको जीवन यापन र उनीहरूको आर्थिक बुद्धिलाई समेत व्यापक पहुँच पुराइरहेको छ।

नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैङ्कको कुल पुँजीको १ दशमलव ५ ‘टाइम्स’ बढी हो।

नेपालको निजी क्षेत्रको पहिलो बैङ्क नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ।

बैङ्किङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैङ्कको परिचय बनाएको बैङ्कले आफ्ना लगानीकर्ता र राज्यलाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ। स्थापना भएदेखि हालसम्म बैङ्कले १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो।

बेलायतको प्रतिष्ठित पत्रिका युरोमनिले लगातार दोस्रो पटक पनि नबिल बैङ्क लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैङ्क’ द्वारा पुरस्कृत गरिसकेको छ। र हालै ग्रोथ सेलर मार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको बैङ्कले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ