arrow

नबिल बैङ्क र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिबीच सम्झौता

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
nabil--rnd-inovative.jpg

काठमाडौँ। नबिल बैङ्क र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरूलाई आवश्यकता अनुसार बैङ्कको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैङ्किङ सेवाहरू प्रदान गरेर कृषि प्राविधिकहरूलाई सहयोग गर्ने सम्झौता भएको छ। नबिल बैङ्कका तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख नीरज कुमार बस्नेत  र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिका अध्यक्ष सुनिता न्हेम्हाफुकीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

साझेदारीको बारेमा बोल्दै प्रमुख बस्नेतले भने, “नबिल बैङ्कले सदैव दिगो बैङ्किङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ। जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदानकर्ता हो।

हामी कृषि प्राविधिकहरूका आवश्यकता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैङ्किङ सुविधा र सेवाहरू प्रदान गरी कृषि प्राविधिकहरूलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहित छौँ।”

यस साझेदारीसँगै, नबिल बैङ्कले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको उनले बताएका छन्। नबिल बैङ्कले सुरु गरेको यस पहलले व्यापक रूपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तीय लगानी प्रवृत्ति नै परिवर्तन गर्ने आशा राखेको समेत उनले भनेका छन्।

यस्तै आरएण्ड डिका अध्यक्ष न्हेम्हाफूकीले भनिन्, “नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो। तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैङ्क र आरएण्डडि इनोभेटिभ सोलुसनले कृषि उद्यमशीलता विकासकालागि कृषि प्राविधिकहरू समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ।”

यसका लागि सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरूको छनौट गरी उद्यमशीलता विकास सम्बन्धी आधारभूत तालिम दिई बैङ्क समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्ने उनले जनकारी दिइन्। ती सिफारिस भएका प्राविधिकहरूको व्यावसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैङ्कले उपलब्ध गराउने उनले बताइन।

यस कार्यक्रमले कृषि उद्यमशीलताको दिगो विकाससँगै तिनै प्राविधिक मार्फत अन्य कृषकहरूलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास सोलुसनले लिइएको छ। यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बिएस्सीएजी अध्ययन गरेकाले भाग लिन सक्नेछन्। यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तीमा १०० जना कृषि प्राविधिकहरूलाई उनीहरूकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको पनि अध्यक्ष न्हेम्हाफूकीले बताइन।

नबिल बैङ्कको बारेमा
नबिल बैङ्कले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरू, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैङ्किङ अनुभवको साथ, नबिल बैङ्क ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

आरएण्डडीको बारेमा
आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालि सन् २०१२ देखि सञ्चालनमा आएको छ, जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्ने छ। कम्पनीले कृषि मूल्य शृङ्खलाको हरेक अवयवहरूमा समस्या समाधान गर्दै माटोदेखि बिक्री मोडलमा काम गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ