- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारलाई विश्व बैंकले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले आज अर्थ मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।
सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताउँदै कोभिड-१९ महामारीको प्रतिकार्यका लागि कोभिड-१९ विरूद्घका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुन्छ भने ।
“कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन र उत्थानशील पुनर्लाभ पाउन महत्वपूर्ण हुनेछ,” राष्ट्रिय निर्देशक जर्भोसले भने ।
यसअघि बैंकले रु तीन अर्ब ३० करोड बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण प्रदान गरेको थियो ।