arrow

मृत्युपछि पुर्खालाई हामी सहायता गर्न सक्छौँ ?

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७७ चैत २० शुक्रबार
after-death-help.jpg

काठमाडौँ । परिवारको कुनै सदस्यको निधन पछि हाम्रो संस्कृति अनि परम्परा अनुसार, हामी अनेक प्रकारले श्रद्धाञ्जली दिन्छौँ । मृतकको समाधिमा फूल चढाएर, समाचारपत्रको निधन सूचना पृष्ठमा स्मृतिमा आभार छपाएर, फोटो घरमा टाँगेर ।

सामान्य रूपमा यी सबै विधिहरू हाम्रो दिवङ्गत पुर्खालाई मृत्युपछि को जीवनमा सहायता गर्नको लागि कुनै महत्त्व राख्दैन, वास्तव ती मृतककोको लागि हानिकारक हुन सक्छ ।

आध्यात्मिक अनुसन्धानद्वारा थाहा भयो कि मृत्यु पश्चात् लगभग ६०% पुर्खाहरूलाई पर्याप्त आध्यात्मिक स्तरको अभावले एवं तीव्र इच्छाहरूको कारण गति मिल्नमा कठिनाइ हुन्छ अनि भूलोकलाई पार गर्न पनि कठिन हुन जान्छ । त्यसैले ती मध्य अधिकतर पारिवारिक घरमा नै निवास गर्दछन् ।

तल दिएको तालिकामा हामीले वंशजद्वारा आफ्नो पुर्खाको लागि गरिने केही सामान्य विधिहरूका तुलनात्मक महत्त्व देखाएका छौँ । यो तालिकामा दिएको तथ्याङ्क ४० प्रतिशत आध्यात्मिक स्तर भन्दा कम स्तर व्यक्तिको सन्दर्भमा हो । जसरी-जसरी व्यक्तिको आध्यात्मिक स्तर ४० प्रतिशत भन्दा माथि बढ्दै जान्छ, तल दिएको विधिहरूमा तुलनात्मक महत्त्वमा परिवर्तन हुन सक्छ । यो ज्ञान आध्यात्मिक अनुसन्धानबाट प्राप्त भएको हो ।

विधि तुलनात्मक प्रतिशत महत्त्व
दिवङ्गत व्यक्तिको निधन-सूचना लेख्ने      ०%
 व्यावसायिक शोक मनाउने व्यक्तिहरू नियुक्त गर्ने   नकारात्मक प्रभाव२
अन्तिम संस्कारको समय प्रशंसा भाषण      ०%
दिवङ्गत व्यक्तिको चित्र राख्ने / अथवा माला लगाएर घरमा राख्ने  नकारात्मक प्रभाव
च्यान घाटमा जाने तथा फूल चढाउने   नकारात्मक प्रभाव
अन्तिम संस्कार पछि केही समयको लागि कालो कपडा लगाउने   ०%
दिवङ्गत व्यक्तिको नाममा स्मारक बनाउने नकारात्मक प्रभाव
दिवङ्गत व्यक्तिको लागि उनको परिवार तथा प्रियजनहरूले प्रार्थना गर्ने   १०%
श्री गुरुदेव दत्त’ को सुरक्षात्मक नाम जप गर्ने१    १००%

श्री गुरुदेव दत्त नाम स्मरणको कुल लाभ विभिन्न कारणमा निर्भर गर्दछ जस्तै – पुर्खाको कष्टको तीव्रतालाई प्रतिकार गर्नको लागि गरिने नाम जपको सङ्ख्या, ध्यानपूर्वक नाम जप गर्ने, नाम जप गर्ने व्यक्तिको श्रद्धा तथा भाव इत्यादि ।

‘नकारात्मक प्रभाव’ को अर्थ हो, त्यस्तो विधिहरू गर्नाले केही समय पहिला बितेका व्यक्तिको सूक्ष्म-देह, पृथ्वीमा पूर्व जन्मसँग भावनात्मक रूपले जोडी राख्न सक्छ । अनिष्ट शक्ति उनको यो आशक्ति अथवा नजिक पनको उपयोग मृत पुर्खालाई आफ्नो नियन्त्रणमा गर्ने तथा मृत्यु पछि उनीलाई अगाडिको गतिमा बाधा गर्नको लागि उपयोग गर्न सक्छ । यस्तो मुख्यतः निम्न आध्यात्मिक स्तर भएको मृत पुर्खाको सन्दर्भमा हुन्छ ।

मृत्यु पछि जीवनमा हामी आफ्नो पुर्खालाई सहायताको लागि धेरै गर्न सक्छौँ । आध्यात्मिक दृष्टिले सुरक्षा-कवच – ‘श्री गुरुदेव दत्त’ को जप । आफ्नो पुर्खालाई तत्काल सहायताको लागि, हाम्रो अनुरोध छ कि श्री गुरुदेव दत्तको जप आरम्भ गर्नुहोस् । यो आध्यात्मिक दृष्टिले सुरक्षा प्रदान गर्दछ ।

 मृत्युको समय मृत शरीर अनि सुक्ष्म देह असुरक्षित हुनको कारण हाम्रो मृत पुर्खाहरूलाई सहयोग चाहिन्छ । मृत्युको समय उत्सर्जित वायु (excretory gases) वायु नित्य रूपमा शरीरबाट बाहिर फ्याँक्ने निरुपयोगी स्थूल वायु हुन्छ । यसको स्पन्दन तथा तरङ्ग नकारात्मक अर्थात् अनिष्ट हुनुको कारण संलग्न वायुमण्डलमा तमोगुण बढेर जान्छ । अनिष्ट शक्ति यी कष्टप्रद स्पन्दन तर्फ आकर्षित भएर मृत देहसँग संलग्न वायुमण्डलमा प्रवेश गर्दछ ।

यो अनिष्ट शक्ति पञ्च प्राणको तथा पञ्च उपप्राणको शक्तिहरूमा, जुन मृत्युको समय ब्रह्माण्डमा मुक्त (विलीन) हुने प्रक्रियामा हुन्छ, नियन्त्रण प्राप्त गरी मृत देहमा आक्रमण गर्दछ ।

यो पनि पढ्नुस् :

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ