- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । हामी मध्ये कतिको सोचाइ मृत्यु पश्चात् हामी आफ्नो पुर्खाहरू र प्रियजनहरूसँग भेट्न सक्छौँ वा सक्दैनौ भन्ने हुन्छ । यो लेखमा ती कारकहरू र सिद्धान्तहरूको वर्णन गरिएको छ । जसले हामी मृत्युपछि कसलाई भेट्न सक्छौँ र कसलाई भेट्न सक्दैनौँ यो निर्धारित गर्दछ ।
समाजको हितको लागि आध्यात्मिक साधना (समष्टि साधना) गरेर प्राप्त भएको आध्यात्मिक स्तर समष्टि आध्यात्मिक स्तरको हो । भने व्यक्तिगत आध्यात्मिक साधना (व्यष्टि साधना) गरेर प्राप्त आध्यात्मिक स्तरलाई व्यष्टि आध्यात्मिक साधना भनिन्छ । वर्तमान समयमा समाजको हितको लागि आध्यात्मिक साधना (प्रगति) गर्ने महत्त्व ७०% छ, जब कि व्यक्तिगत आध्यात्मिक साधनाको महत्त्व ३०% छ ।
तपाई देख्न सक्नुहुन्छ, मृत्युपछि हामी १३ सूक्ष्म र अदृश्य लोकहरूमा जान सक्छौँ । वर्तमान समयमा लगभग ५% व्यक्तिहरू मात्र स्वर्ग, महर्लोक र त्यस भन्दा माथिको सकारात्मक लोकहरूमा जान्छन् । यस्तो किन हुन्छ भने ब्रह्माण्डको प्रथम सकारात्मक लोक अर्थात् स्वर्गमा जानको लागि व्यक्तिको समष्टि आध्यात्मिक स्तर ५०% अथवा व्यष्टि आध्यात्मिक स्तर ६०% हुनु पर्छ (यस्तो व्यक्तिहरू विश्वको जनसङ्ख्याको ५% छन्)। अधिक जानकारीको लागि लेख : आध्यात्मिक स्तर अनुसार विश्वको जनसङ्ख्याको विभाजन पढ्नुहोस् ।
मृत्युपछि हामीलाई के हुन्छ भनेर बुझ्नको लागि यहाँ उल्लेख गर्न एउटा महत्त्वपूर्ण लोक पनि छ । हामी मर्ने बित्तिकै जुन लोकमा जान्छौँ त्यसलाई मृत्यु लोक भनिन्छ । यो भूलोक र अन्य १३ सूक्ष्म लोकहरू मध्य एउटा लोक हो जहाँ मृत्युपछि लिंगदेह अन्तिम गन्तव्य लोकमा पुग्नु भन्दा पूर्व केही समयको लागि रहन्छ ।
केही सिद्धान्तहरू जसले मृत्युपछि हाम्रो पुर्खाहरूलाई भेट्न सम्भव छ कि छैन भन्ने कुरा नियन्त्रण गर्दछ
समान लोक : एउटै लोकमा भएको आफन्तहरू र प्रियजनहरूको सूक्ष्म शरीरहरूलाई सजिलैसँग मिल्न सक्छन् । उदाहरणको लागि भूलोकमा भएको आफन्तहरूको दुई सूक्ष्म शरीरहरू एक अर्कालाई भेट्न सक्छन् ।
सूक्ष्म भन्दा सूक्ष्मतर लोक : सूक्ष्म लोकको एउटा व्यक्तिको लागि धेरै सूक्ष्म लोकमा रहने व्यक्तिसँग भेट सम्भव हुँदैन । पृथ्वी क्षेत्र (भूलोक) पश्चात् भुर्वलोक अधिक सूक्ष्म हुन्छ । भुर्वलोकको सूक्ष्म शरीर स्वर्ग अथवा पहिलो पातालको सूक्ष्म शरीर सँग मिल्न सक्दैन ।
सूक्ष्म लोकहरू देखि अधिक स्थूललोकहरु तर्फ : अधिक सूक्ष्म लोकको सूक्ष्म शरीर त्यो भन्दा निम्न सूक्ष्म लोकमा अर्थात् स्थूल लोकमा जान सक्छ । उदाहरणको लागि तोस्रो पातालको सूक्ष्म शरीर अस्थायी रूपमा पहिलो पातालमा जान सक्छ । यस्तो यात्रा सूक्ष्म शरीरको आवश्यकता अथवा यात्रा गर्ने सूक्ष्म-शरीरको आध्यात्मिक शक्तिमा निर्भर गर्दछ ।
उच्चतर सूक्ष्म लोकहरू :
महर्लोक जस्तो उच्च सकारात्म सूक्ष्म लोकमा सूक्ष्म शरीरको आध्यात्मिक स्तर यति धेरै हुन्छ कि उनीहरूमा परिवारको सदस्यहरूलाई भेट्ने इच्छा हुँदैन । उनीहरूको अस्तित्वकोको मुख्य उद्देश्य आध्यात्मिक उन्नति गर्नु हुन्छ ।
स्वर्गमा स्थान प्राप्त सूक्ष्म शरीरहरू अत्यधिक सुख अनुभव गर्छन् र सामान्यतः उनीहरू स्वर्गको सूक्ष्म सुखमा समाहित हुन्छन् । परिणामस्वरूप आफन्तहरूसँग भेट्ने इच्छा उनीहरूको चेतनामा आउॅंदैनन् ।
मृत्यु लोक अथवा भूलोकमा यात्रा: कुनै पनि सूक्ष्म लोकको सूक्ष्म शरीर मृत्यु लोक अथवा भूलोकमा जान सक्छ ।
एउटा उच्च आध्यात्मिक शक्ति प्राप्त गरेको अनिष्ट शक्ति अस्थायी रूपमा शान्ति भङ्ग गर्ने उद्देश्यले एउटा उच्च सकारात्मक लोक जस्तै स्वर्गमा जान सक्छ ।
मृत्यु पश्चात् हामी आफ्नो पुर्खाहरूलाई कसरी चिन्छौँ ?
मृत्युपछि हामी कस्तो स्वरूप लिन्छौँ ?
मृत्यु लोकमा प्रवेश गरेपछि सूक्ष्म शरीरले भूलोकको आफ्नो पहिचान भूलन थाल्दछ । जब सूक्ष्म शरीरले मृत्यु लोक पार गरेर भुवलोकमा पुग्छ तब त्यसले निराकार रूप लिन्छ । यदि व्यक्तिलाई पृथ्वी लोकको जीवन र आफन्तहरूसँग तीव्र आशक्ति छ भने, त्यो व्यक्ति मृत्यु लोक भन्दा अगाडी बढ्न सक्दैन । यहाँ पनि उसले आफ्नो पहिलाको जन्म जस्तै रूप धारण गर्दछ । यो रूप इच्छाशक्तिको कारण उत्पन्न हुन्छ । सूक्ष्म शरीर अनेक वर्षसम्म मृत्यु लोकमा अड्किन्छ र आफ्नो पुर्खाको घर वरिपरि घुमी रहन्छ । परिणामस्वरूप, जसको छैटौँ इन्द्रिय जागृत छ, उसले सूक्ष्म शरीरको उपस्थिति देख्न अथवा अनुभव गर्न सक्छ ।
आफन्तलाई मृत्युपछिको जीवनमा भेट्ने संयन्त्र
एउटै लोकमा प्रवेश : जब कुनै सूक्ष्म शरीर कुनै अन्य सूक्ष्म शरीरसँग (आफन्त अथवा मित्रसँग) भेट्नको लागि तीव्र इच्छा राख्दछ, त्यो विचारद्वारा उत्पन्न शक्तिले उसलाई त्यही रूप प्रदान गर्दछ जसमा उ आफन्तलाई चिन्दछ । त्यो समय जब कुनै आफन्तको भर्खर मृत्यु हुन्छ र त्यही लोकमा प्रवेश गर्छ, पहिलानै उपस्थित पुर्खाको सूक्ष्म शरीरबाट इच्छाको स्पन्दनहरू प्रक्षेपण भएको कारण, ऊतर्फ आकर्षित हुन थाल्छ । भर्खरै मृत्यु भएको वंशजले, पुर्खा परिचित रूपमा भएको कारण उसले आफ्नो पुर्खालाई चिन्दछ ।
मृत्युको समय : परिवारको सदस्यहरू बिच सूक्ष्म सामान्यतः मूल रज-तम-सत्त्व घटकहरूको स्तरमा अनुवांशिक समानताहरू हुन्छन् । तसर्थ, मृत्यु लोक र भुवलोकमा रहने सूक्ष्म शरीरहरू अति संवेदनशील हुनको कारण उनीहरूले मर्न लागि रहेको व्यक्तिमा हुने परिवर्तन अनुभव गर्न सक्छन् । त्यसपछि उनीहरू मृत शरीरको सूक्ष्म पञ्च उपप्राणद्वारा उत्सर्जित ध्वनि र मृत शरीरद्वारा उत्सर्जित ग्याँसहरूतर्फ तानिन्छन् । यस प्रकार उनीहरू पृथ्वीको वातावरणमा प्रवेश गर्छन् र मर्न लागेको व्यक्तिको नजिक आउँछन् । त्यसैले धेरै मर्ने व्यक्तिहरूले आफ्ना मृत पुर्खाहरूलाई देख्दछन् । यदि मर्न लागेको व्यक्ति आफ्नो दिवङ्गत पुर्खाहरूलाई मिलने तीव्र इच्छा छ अथवा दिवङ्गत पुर्खालाई मर्न लागि रहेको व्यक्तिसँग मिलने तीव्र इच्छा छ भने तब तीव्र इच्छाको बलमा पर्खाले ग्यासयुक्त प्रकारको रूप प्राप्त गर्दछ । उनीहरू यसरी मृत व्यक्तिलाई आफ्नो पहिचान गर्न सहायता गर्दछन् ।
मृत्युपछि प्रियजनहरूसँग मिल्दा समावेश जोखिमहरू
केही अवस्थाहरूमा, उच्च स्तरीय अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) जस्तै सूक्ष्म स्तरीय मान्त्रिक दिवङ्गत नातेदाहरु र प्रियजनहरूको रूप लिन सक्छन् र भर्खरै मृत्यु भएको सूक्ष्म शरीर जो आफ्नो दिवांगत पुर्खाहरूलाई भेट्न इच्छुक छन्, उनलाई संभ्रमित (misguide) गर्न सक्छ । यो संभ्रमितलाई हटाउने उत्तम तरिका हो, पृथ्वीमा धेरै आध्यात्मिक अभ्यास गर्ने र मायावी रूपलाई चिन्ने ।
दिवङ्गत पू्र्खाहरु जो नर्क लोकहरूको एउटा लोकमा छन्, उनीहरूले भर्खरै मृत्यु भएको सूक्ष्म शरीरलाई भ्रमित पार्न सक्छ । मृत्यु पश्चात् यस्तो सङ्कटबाट रक्षा हेतु सुनिश्चित गर्न साधनाको छ: मूलभूत सिद्धान्त अनुसार साधना गरी उच्च आध्यात्मिक स्तर प्राप्त गर्नु हो । मृत्युको समय आध्यात्मिक स्तर जति धेरै हुन्छ, पाताल लोकहरूबाट भूतहरू वा पुर्खाहरूले प्रभावित गर्ने सम्भावना त्यति नै कम हुन्छन्, साथै ईश्वरबाट अधिक सुरक्षा प्राप्त हुन्छ ।
जब हामी आफन्तहरूलाई भेट्छौँ, के हामी दिवङ्गत आफन्तहरू सँगै रहन्छौँ ?
सामान्यतः एउटा परिवारको सूक्ष्म शरीरहरू एकै साथ रहन्छन् । यो किन भने अरूको तुलनामा आफन्तहरू बिच धेरै समानता हुन्छ ।
मृत्युपछिको जीवनमा जब प्रियजनहरू र मित्रहरूलाई भेट्छौँ हामी कसरी कुराकानी गर्छौँ ?
यो वार्तालाप पृथ्वीमा जस्तो नाद भाषाको माध्यमबाट नभएर मनको (मानसिक देहको) विचारको माध्यमबाट हुन्छ । कुनै एकको मनको विचार अन्य ग्रहण गर्दछन् ।
के मृत्यु पश्चात् हामी आफूले पालेको जनवारहरूसँग मिल्न सक्छौँ ?
मानिसहरू जस्तो, जनावरहरू सूक्ष्म ढाँचामा (सूक्ष्म शरीरको रूपमा) मृत्यु पछि लामो समयसम्म रहदैन्न् र छोटो अवधिमा त्यही प्रजाति वा विकसित भएको खण्डमा उच्च प्रजातिमा जन्म लिन्छन् । तसर्थ, मरेपछि आफूले पालेको जनावरहरूसँग मिलने सम्भावना नहुने बराबर नै हुन्छ । यदि कसैले आफूले पालेको जनावरलाई सूक्ष्म दृष्टिको माध्यमबाट वा मृत्यु पश्चात् र मृत्युपछिको जीवनमा देख्छ, यो सम्भवतः एक भ्रम हो जुन उच्च स्तरको नकारात्मक शक्ति जस्तै मान्त्रिकद्वारा गरिएको छल हो । यस्तो धोकाबाट बच्नको लागि निरन्तर साधना उत्तम उपाय हो ।
एउटा जनावरलाई (जुन पशुको रूपमा जन्मिएको छ) एउटै जीवनकालमा मानिसको जीवन पाउन कठिन हुन्छ किनभने पशुलाई आध्यात्मिक अभ्यास गर्न धेरै गाह्रो हुन्छ । तर कुनै यस्तो पशु, जसले सन्तको सान्निध्य प्राप्त गरेको छ, प्रसाद सेवन तथा ईश्वरको भजन र नाम जपको श्रवण गरेको छ भने, त्यो पशुमा सात्त्विकता (आध्यात्मिक शुद्धता) वृद्धि हुन सक्छ । त्यो प्रजातिको औसत सात्त्विक तुलनामा त्यस पशुमा बढेको सात्त्विकताको परिणाम, मृत्यु पश्चात् अर्को जन्ममा उच्च प्रजाति (सात्त्विकता) मा विकसित हुन सक्छ ।
इमेल : hjsnepal@gmail.com
वेवसाइट: स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)