arrow

तुलाको निर्देशनमा मकाउमा तयार भयो ‘भुल गरेछु’ 

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
tula1.png

काठमाडौं । मकाउमा रहेका गायक कुशल गुरुङको नयाँ गीत ‘भुल गरेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक  गुरुङकै शब्द रहेको गीतमा संगीतकार तुला पर्वतको संगीत रहेको छ।  महेशविक्रम पाण्डेले एरेन्ज गरेको गीतमा कुशलकै अभिनय देख्न सकिन्छ।

प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। म्युजिक भिडियोमा  कुशललाई शान्तिले साथ दिएकी छिन्।संगीतकार तुलाको निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा गरिएको हो।

चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिन लिन सफल भएको निर्देशक तुलाको भनाइ छ। ‘मकाउका रमाइला र मनमोहक दृश्यले दर्शकलाई अझै रोमाञ्चक बनाउने आशा छ’, उनले भने।

शान्ति राई निर्माता रहेको भिडियोको सम्पादन र छायांकनसमेत निर्देशक तुलाले नै गरेका हुन्।  पछिल्लो समयमा गायक तथा संगीतकार तुला पर्वत निर्देशनमा ब्यस्त हुँदै गइरहेका छन् ।

निर्देशनमा हात हालेसँगै तुलाले विगतमा पाएको हण्डर र ठक्करका बाबजुद आँफुले प्राविधिक ज्ञान पनि बटुल्दै छायांकन र सम्पादनका काम पनि आँफैले गर्दै आएका छन् ।

मकाउमा रोजगारी सँगसँगै सांगीतिक क्षेत्रमा पनि लागिपरिरहेका तुला र गायक कुशलले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिए बताएका छन् । गायक कुशल पनि विगत एक दशकदेखि मकाउमा नै रोजगारीमा ब्यस्त छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ