arrow

नबिल बैङ्क र नेपाल स्थानीय तयारी पोसाक उत्पादन सङ्घबीच सम्झौता

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
nabil-local-garments-mou.jpg

काठमाडौँ। नबिल बैङ्क र नेपाल स्थानीय तयारी पोसाक उत्पादन सङ्घबीच स्थानीय तयारी पोसाक उत्पादक व्यवसायीहरूलाई आवश्यकता अनुसार बैङ्कको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैङ्किङ सेवाहरू प्रदान गर्ने सम्झौता गरेको छ।

नबिल बैङ्कका तर्फबाट प्रमुख नीरज कुमार बस्नेत र सङ्घका अध्यक्ष किशोर नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सो कार्यक्रममा बैङ्कको एसएमई तथा लघुवित्त विभागका प्रबन्धक मनोज कुमार यादव सङ्घका उपाध्यक्ष सुमित प्रधानको उपस्थिति थियो।

साझेदारीको बारेमा बोल्दै प्रमुख बस्नेतले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैङ्क विश्वास राख्छ। यस रणनीतिक साझेदारीसँगै बैङ्कले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ स्थानीय तयारी पोसाक निर्माताहरूलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैङ्किङ सुविधा उपलब्ध गराउने छ।”

त्यस्तै नेपाल स्थानीय तयारी पोसाक उत्पादन सङ्घका अध्यक्ष, किशोर नेपालले भने, “नेपाली उत्पादनहरू प्रयोग गरौँ, राष्ट्र निर्माणमा सहयोग गरौँ’ भन्ने मूल नाराका साथ नेपाल स्थानीय तयारी पोसाक उत्पादन सङ्घ स्थापना भएको छ। आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोसाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा संवृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ