arrow

जाजरकोटको अध्यक्षमा शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
fnj-jajarkot.JPG

खलङ्गा । नेपाल पत्रकार महासङ्घ जाजरकोटको अध्यक्षमा बालकुमार शर्मा निर्वाचित भएका छन् । प्रेस युनियन नेतृत्वको संयुक्त गठबन्धन प्यानलबाट शर्मा निर्वाचित भएका हुन ।

जाजरकोट शाखामा ९७ मत सङ्ख्या थियो । उक्त मतमा ८६ मत खसेको थियो । शर्माको प्रतिस्पर्धी पत्रकार दीप बहादुर घर्ती रहेका थिए । घर्तीले २२ मत प्राप्त गरेका थिए । शर्माले ६४ मत प्राप्त गरी विजयी भएका हुन ।

यस्तै उपाध्यक्ष महिलामा ६६ मत प्राप्त गरी टुकमाया घर्ती विजयी भएकी छन् । भने टुकमायाको प्रतिस्पर्धी निर्मला थापाले ७ मत प्राप्त गरेकी थिइन ।

सचिवमा ५५ मत प्राप्त गरी भरत कुमार शर्मा विजयी भएका छन् । भने उनका प्रतिस्पर्धी विनोद घर्तीले २४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा ६५ मत प्राप्त गरी युद्ध जित शर्मा विजयी भएका छन् । भने उनका प्रतिस्पर्धी तीर्थराज बोहराले १० मत प्राप्त गरेका थिए । सह–सचिवमा ६६ मत प्राप्त गरी पवन शर्मा विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकराज चन्द २१ मत प्राप्त गरेका थिए ।

दलित सदस्यमा कालीबहादुर नेपालीले ६६ मत प्राप्त गरी विजयी भएका छन् । भने, उनका प्रतिस्पर्धी धनबहादुर नेपालीले ९ मत प्राप्त गरेका थिए । अन्य सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पत्रकार महासङ्घ जाजरकोट शाखामा शान्त तरिकामा निर्वाचन सम्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ