arrow

नबिल बैङ्कको नव वर्ष २०७८ को 'नयाँ रहर, नयाँ अफर' सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
nabil-daraz.jpg

काठमाडौँ। नबिल बैङ्कले नयाँ वर्षमा ग्राहकहरूका लागि क्यास ब्याक अफर ल्याएको छ। दराज सँगको सहकार्यमा चैत्र २९ देखि वैशाख ७ गते सम्म नबिल बैङ्कका ग्राहकहरूले सपिङ गर्दा छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिने जनाएको छ। अफरमा डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा एक हजार सम्मको क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ गर्दा २० प्रतिशत छुट वा १५ सय सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन्।

उक्त अफर सुरु हुन मात्र २ दिन रहेकोले नबिल बैङ्कको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन सकिने बैङ्कले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैङ्कको ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ