arrow

दक्षिण चीन सागरमा चीनको गतिविधि बढ्यो, फिलिपिन्सकै अधिकार क्षेत्रमा गएर तर्सायो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
South-china-sea-.jpg

काठमडौं । पछिल्लो समय चीनले दक्षिण चीन सागरमा आफ्नो गतिविधि झनै बढाउँदै गएको छ । खास गरी चीनले ताइवान र फिलिपिन्सलाई सताइरहेको छ ।

यस्तोमा चिनियाँ चिनियाँ तटीय सेनाको पानी जहाजले फिलिपिन्सका पत्रकार र नागरिक सवार डुङ्गालाई दक्षिण चीन सागरमा दुर्व्यवहार गरेको छ । डुङ्गामा सवार समाचार टोलीले फिलिपिन्सको अधिकार रहेको टापु र समुद्री चट्टान हुँदै यात्रा गरिरहेका थिए । सो डुङ्गालाई बिहीबार चिनियाँ सेनाको पानी जहाजले तर्साएको हो । 

अन्तर्राष्ट्रिय समुद्री कानुनले मुख्यभुमीबाट २०० माइल टाढासम्मको समुद्री भागलाई सो देशको बिशेष आर्थिक क्षेत्रका रुपमा मान्यता दिएको छ । फिलिपिन्सको डुङा पलावान प्रान्तदेखि १६८ माइल मात्रै टाढा रहेका बेला चिनियाँ तटीय रक्षा बलको पानी जहाजले पछ्याएको हो ।

चिनियाँ सेनाको जहाजले पछ्याएपछि फिलिपिन्सको डुङा पलावान प्रान्ततर्फ फर्केको थियो । करिब एक घण्टा जति पछ्याएपछि चिनियाँ जहाज फिर्ता गएको थियो ।

तर, फेरि एक छिनमै दुई अर्का शक्तिशाली चिनियाँ समुद्री सेनाकै भेसल पछि लागेका थिए । आठ ओटा पानीजहाज विनाशक हतियार बोक्न सक्ने क्षमताका दुई भेसलले पनि केही परसम्म फिलिपिन्सको डुङ्गालाई पछ्याएका थिए । त्यसपछि ती दुवै भेसल पनि फिर्ता भए । चीनले दक्षिण चीन सागरमा यसरी फिलिपिन्समाथि दमन गरेपछि अधिकारीहरुले आक्रोश व्यक्त गरेका छन् ।

पुरै दक्षिण चीन सागर कब्जा गर्न खोजिरहेको चीनले पछिल्लो समय आफ्ना गतिविधिहरू झनै पेचिला बनाइरहेको छ । तर, अन्तर्राष्ट्रिय समुदायले भने चीनको विरोध गरिरहको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ