arrow

भूमि नभएका किसानले बगरमा गरेको खेती अज्ञात समूहले गरे नष्ट

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत ३० सोमबार
tarakari.jpg

धनुषा । बगर खेतमा लगाएको तरकारी बाली अज्ञात समूहले नष्ट गरेको छ । धनुषाको लक्ष्मी नियाँ गाउँपालिका वडा नम्बर ३ गजरियामा कृषक समूहले गरेको बगर खेतीमा अज्ञात समूहले क्षति पुर्‍याएको हो ।

गजरियास्थित औरही नदीको किनारमा स्थानीय निकायसँगको सहयोगमा सञ्चालित बगर खेती कार्यक्रम अन्तर्गत कृषक समूहले गरेको तरकारी खेतीमा क्षति गरेपछि किसान चिन्ता बनेका छन् । समूहका किसानहरूका अनुसार बगर खेतीमा लगाइएको लौका, काँक्रो, करेला, फर्सी, तरबुजाको फल्दै गरेको बोटबिरुवाहरू जरैदेखि उखालेर फालिदिइएको छ ।

 स्थानीय बजरङ्ग बगर समूह र राम जानकी बगर समूहको किसानहरूले गरेको बगर खेतीमा रातिको समयमा अज्ञात समूहले तरकारीका बोटहरू उखालेर टुक्रा टुक्रा पारिदिएको सहयोगी संस्थाका प्रमोद यादवले जानकारी दिए।

 कृषक समूहमा आबद्ध मुसहर, तत्मा, खत्वे, कुर्मी, यादव लगायत आफ्नो भूमि नभएका किसान परिवारले त्यहाँ बगर खेती गरेका छन्। ठुलो सपना लिएर मेहनतका साथ गरिएको बगर खेतीमा फल लाग्ने र आम्दानी आउने बेलामै अज्ञात समूहले तरकारी बाली नष्ट गरिदिएपछि कृषक समूहका परिवारको चिन्तामा डुबेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ