arrow

टेलिकमको सुविधै सुविधाको ‘स्प्रिङ अफर’

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
nepal-telecom-1618296039.png

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २९९ रुपैयाँमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । 

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा रु. १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको जनाइको छ । 

५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानीसमेत गर्न सकिने भएको छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिने भएको छ ।

साथै २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको टेलिकमले जनाएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।  

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
  
यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तिमा उल्लेख छ । 

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ । 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भन्दै टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।’                                     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ