arrow

ताइवानको आकाशमा चीनका २५ युद्ध विमानहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
China-Taiwan-1618306033.jpg

काठमाडौं । ताइवानको हवाई क्षेत्रमा ठुलो संख्यामा चिनियाँ युद्ध विमानहरुले उडान भरेका छन् । चीनले ताइवानको हवाई रक्षा पहिचान क्षेत्र (एयर डिफेन्स आइडेन्टिफिकेसन जोन)मा २५ युद्ध विमानहरु उडाएको हो ।

चीनले गरेको पछिल्लो एक वर्षयताकै ठुलो अतिक्रमणका रूपमा यसलाई हेरिएको छ ।

ताइवानको विदेश मन्त्रालयका अनुसार चीनले सोमबार १८ लडाकु विमान,  ४ बमवर्षक विमान (जुन आणविक हतियार बोक्न सक्ने क्षमताका हुन्) र एन्टी सबमरिन विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका हुन् ।

चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई कब्जा गर्न खोज्दै आएको छ । तर, ताइवानले आफूलाई अलग राष्ट्रका रूपमा मान्दै आएको छ । अमेरिकाले यथास्थिति उथलपुथल गर्न खोजेमा गम्भीर समस्याको सामना गर्नुपर्ने छ भन्दै चीनलाई कडा चेतावनी समेत दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ