arrow

इजिप्ट पुगेर सुन्दरी अनुश्मा रायमाझीले गरिन नेपालको चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
Anuska raimaji.jpg

काठमाडौं । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले इको टुरिजमको विकास गर्न सके नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने धारणा राखेको सुनाएकी छिन् ।

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपाल प्रतिनिधित्व गरेर गत शुक्रबार नेपाल फर्किएकी रायमाझीले पत्रकार सम्मेलन गर्दै नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताइन । 

प्रतियोगिताबाट ‘मिस इको एसिया’ टाइल समेत नेपाल भित्र्याउन सफल भएकी छन् । प्रतियोगितामा शीर्ष पछि सबैभन्दा महत्वपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा उनले लिएकी छन् ।

नेपालमा इको टुरिजमको विकासका थुप्रै सम्भावना रहेको आफुले पाएको बताएकी रायमाझीले इको टुरिजमको विकास गर्न सके देश अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने उनको भनाई रहेको छ ।

 ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाए’ रायमाझीले अगाडि भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भए ।’

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ