arrow

नेपाली मूलका गौतम दम्पतीलाई यसरी मार्‍यो म्यानमार सेनाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
myanmar-nepali.jpg

काठमाडौं । म्यानमारको सेना यति क्रुर देखिएको छ कि जसलाई पनि गोली हानेर मार्न सक्छ । त्यस्तै भएको छ । दुई जना नेपाली मूलका बर्मेली (म्यानमारलाई बर्मा पनि भनिन्छ, त्यहाँ बस्ने मानिसहरु बर्मेली) को सेनाले हत्या गरेको छ । 

बर्मेली शहर टमुमा गोठ गएर गाइको दूध दुहेर घर फर्कदै गरेका किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोली हानी हत्या गरेको हो ।

बर्मामा रहेका नेपाली पत्रकार दीपक भट्टराईले यो जानकारी आफ्नो ट्वीटरमार्फत दिएका हुन् । म्यानमारमा अहिले पनि हजारौं नेपाली गाई पालेर दूध, दही, घ्यू बेचेर जीविका चलाउँछन् ।

यसअघि चिनियाँ सीमा नजिकै गहना बनाउने अर्का नेपाली मूलका एक जनाको हत्या गरी सेनाले शव परिवारलाई बुझाएको थियो ।

गत फेब्रुअरी १ तारिखमा सेनाले सैन्य कू गरेपछि त्यहाँ सात सय भन्दा बढीको ज्यान सेनाले लिइसकेको छ । 

३ हजार ५४ जना आन्दोलनकारीहरु सैनिक हिरासतमा छन् भने ७१७ जनालाई पक्राउ पूर्जी जारी गरिएको छ ।

सैन्य कूको विश्वले नै विरोध जनाएको छ । तर त्यहाँको सेनाले जुन दिन सडकमा धेरै मानिस मर्छन् त्यो रात भव्य पार्टी गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ