arrow

नबिल बैङ्कको ‘ढुक्क र दङ्ग’ अफर, कार्ड प्रडक्टमा ७५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
nabil-logo-1618450584.jpg

काठमाडौँ। नबिल बैङ्कले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकका लागि कार्ड प्रडक्टहरूमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ।

यस अफर अन्तर्गत नबिल बैङ्कले नबिल कार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकहरूलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

उक्त छुट अफर २०७८ वैशाख महिनाभर रहने भएको छ। नबिल बैङ्कको नजिकको शाखामा गई ग्राहकले नबिल कार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) जारी गरी अफरको लाभ लिई ढुक्क हुन सक्ने  बैङ्कले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको बैङ्कका प्रमुख संस्थागत सञ्चार विभाग कृष्ण सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नबिल बैङ्कले नेपाली  बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।

बैङ्कले ग्राहक वर्गको उच्च सन्तुष्टि एवम् आधुनिक बैङ्किङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको प्रतिविद्धतासमेत व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ