arrow

यस्तो बन्यो च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
mohammad-salaha-1618452865.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलबाट इङ्गलिश क्लब म्यानचेस्टर सिटी र स्पेनिश क्लब रियाल मड्रिड सेमिफाइनलमा पुगेसँगै अन्तिम चारको समीकरण पूरा भएको हो । 

यसअघि नै इङ्गलिश क्लब चेल्सी र फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा सिटीको भिडन्त पीएसजीसँग र चेल्सीको भिडन्त रियाल मड्रिडसँग हुनेछ । 

क्वार्टरफाइनलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई र रियाल मड्रिडले इङ्गलिश क्लब लिभरपुललाई हरायो । 

सिटी र डर्टमण्डबीचको खेल
सिटीले बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा सिटीले डर्टमण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो । डर्टमण्डको मैदानमा भएको दोस्रो लेगमा भने सिटीले पुनरागमन जित निकालेको हो ।

खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।

खेलको ५५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यस जितसँगै सिटी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

रियाल मड्रिड र लिभरपुलबीचको खेल
मड्रिडले बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियाल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

रियालले लिभरपुलमाथि समग्रमा ३–१ को जित निकालेको हो । पहिलो लेगमा रियाल ३–१ गोल अन्तरले विजयी भएको थियो । 

घरेलु एनफिल्डको मैदानमा भएको दोस्रो लेगमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यो जितसँगै रियाल ३० औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ