arrow

सर्लाहीमा छैन संक्रमितको उपचार तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
Sarlahi.jpg.jpeg

सर्लाही । हाल नेपालमा दैनिक पाँच सयको हाराहारीमा कोरोना संक्रमित भेटिरहेको बेला सर्लाहीमा भने यसको तयारी सुरु भएको देखिदैन । हाल सम्म सर्लाहीमा आईसीयु तथा भेन्टिलेसन समेत व्यवस्था पनि भएको छैन ।

जसले गर्दा महामारीमा बिरामी जटिल अवस्थामा पुगिहाले बाहिर लैजानुको विकल्प छैन भने सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् । प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मेशिन जडान गर्ने निर्णय गरेको भए पनि हाल सम्म जडान भएको छैन ।

अर्को तिर पालीका तथा सरोकार वाला सबैले क्वारेनटाइन व्यवस्थापनमा समेत ध्यान दिएको देखिदैन । सर्लाहीमा कोरोना महामारी भयावह अवस्थामा पुग्यो भने के गर्ने भन्नेमा सबै अन्यौलता रहेको छ । माथिबाट जस्तो निर्देशन आउँछ, आफूँहरुले त्यस्तै तयारी गर्ने जिल्ला अस्पताल सर्लाहीका प्रमुख डा. सञ्जीव सिंहको कथन छ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण भयावह रूपमा बढी रहेको अहिलेको अवस्थामा सर्लाहीमा भने कुनै चेकजाँच बिनै मानिसहरू नाका वारपार गरिरहेका छन् ।

 अतः यसको नियन्त्रण तथा समन्वय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय भने पछिल्लो परिवेशलाई हेरेर कार्यक्रम गर्दा भिडभाड कम गर्ने तथा मेला महोत्सव नगर्न निर्देशन दिनु बाहेक अरू केही गरेको देखिन् । जसले गर्दा महामारीले यहाँ ठुलो रूप लिएमा यसको नियन्त्रण गर्न झन् गाह्रो हुने देखिन्छ ।

गत वर्षको फितलो तयारी र स्वास्थ्य योजना बाट पाठ सिक्दै यस वर्ष तयारी  धेरै हुनु पर्नेमा हाल सम्म पनि त्यसो नभएको हो । सर्लाहीमा पनि महामारी बढेमा गत वर्ष जस्तो भौँतारिनु र तयारी नपुगेको भनेर पन्छिनु बाहेक अरू उपाय हुदैन् । त्यसैले समयमै यसको तयारीमा लाग्नुपर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ