arrow

नबिल स्मार्ट बैङ्क एपमा कार्ड इन्टिग्रेसनको सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Nabil-Bank-logo.jpg

काठमाडौँ। नबिल बैङ्कले आफ्ना ग्राहकलाई नयाँ पद्धतिको बैङ्किङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैङ्कले नबिल स्मार्ट बैङ्क एपमा कार्ड इन्टिग्रेसनको सेवा सुविधाको सुरुआत गरेको छ।

यस सुविधा अन्तर्गत अब ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता–निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरू नबिल स्मार्ट बैङ्क एपद्वारा नै गर्न सक्ने बैङ्कले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो  ग्राहकहरूको हित तथा आवश्यकतालाई  मध्यनजर गर्दै स्वास्थ्य एवम् सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैङ्कले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको समेत जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैङ्कका ११९ शाखा,  १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको बैङ्कका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ