arrow

हरिद्धारमा सहभागी पूर्वराजारानी सकुशल, पीसीआर रिपोर्ट आउँदै, आइतबार फर्किदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
x-king-haridwar.jpg

काठमाडौं । भारतको उत्तराखण्डस्थित हरिद्धार कुम्भमेलामा सहभागी भएकाहरु थुप्रैमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि उक्त मेलामा सहभागी पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने सकुशल छन् । 

उनीहरुले उक्त मेलामा शाही स्नानसमेत गरेका थिए । अहिलेसम्म कुम्भमेलामा सहभागी भएका २ हजार १६७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको अवस्थामा पूर्वराजारानी भने सकुशल नै रहेको पाइएको हो । 

कुम्भमेलामा सहभागी दुई हजार बढी भक्तजन संक्रमित, ७० साधु पनि परे, एकको मृत्यु 

नेपालबाट पूर्वराजारानी गत चैत २६ गते हरिद्धार गएका थिए । उनीहरु हरिद्धार गए पनि बसाइ भने दिल्लीमै रहँदै आएको छ । पूर्वराजारानीसँगै पूर्वराजाका स्वकीय सचिव सागरप्रसाद तिमल्सिना र पूर्वराजाका पूर्व संवाद सचिव फणिराज पाठक पनि हरिद्धार गएका थिए । 

स्रोतका अनुसार उनीहरु पनि सुरक्षित छन् । हरिद्धार जानुअघि पनि पीसीआर परीक्षण गरिएको र फर्किँदा पनि पीसीआर परीक्षण गरिएको बताइएको छ । 

पूर्वराजारानी आइतबार काठमाडौं फर्किदै छन् । उनीहरुले बिहीबार साँझै पीसीआर परीक्षण गराएका छन् । यसको रिपोर्ट भने शुक्रबार साँझ आउँदै छ । 

स्रोतका अनुसार उनीहरुमा कुनै पनि समस्या नदेखिएकाले रिपोर्ट नेगेटिभ आउने अपेक्षा गरिएको छ । 

पूर्वराजारानीको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको भए पनि कुनै खास राजनीतिक भेटघाट भने नभएको पाइएको छ । 

नेपालमा राजनीति अस्थिर भइरहँदा पूर्वराजाको तीर्थयात्रालाई खास मानिएको थियो । तर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत कोरोना संक्रमित भएसँगै थप भेट र छलफल भने हुन नसकेको पाइएको छ । 

भारतमा एकैदिन थपिए दुई लाख सत्र हजार कोरोना संक्रमित 

भारतमा बुधबार दुई लाख र बिहीबार दुई लाख १७ हजारमा कोरोना संक्रमण देखिएको छ । 

कुम्भमेलामा समेत लाखौंको संख्यामा भक्तजन पुगेका छन् । उनीहरुको कन्टयाक्ट ट्रेसिङ हुन त सम्भव छैन । तर परीक्षणलाई भने ब्यापक बनाइएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ