arrow

राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैँचालाई

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख ५ आइतबार
sield.JPG

मोरङ । मोरङ जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ ।  बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पद प्राप्त गर्दै उपाधि जितेको हो । त्यस्तै विराटनगर महानगरपालिकाले १४ स्वर्ण, १५ रजत र १२ कास्य पदका साथ दोस्रो र बेलबारी नगरपालिकाले ७ स्वर्ण, ५ रजत र १५ कांस्यका साथ तेस्रो स्थान भएका छन् ।   

प्रतियोगिताअन्तर्गत लङजम्पको छात्रातर्फ रतुवामाई नगरपालिकाकी विमला कार्की प्रथम, सुन्दरहरैँचा नगरपालिकाकी अमिशा चौधरी द्वितीय र रंगेली नगरपालिकाकी लिजा ताजपुरिया तृतीय भइन् भने छात्रतर्फ ग्रामथान नगरपालिकाका रेमन भगत प्रथम, रतुवामाई नगरपालिकाका निर्मोद बेस्रा तृतीय भए ।

त्यस्तै हाइजम्पको छात्रतर्फ सुन्दरहरैँचा नगरपालिकाका किरण चौधरी प्रथम, विराटनगर महानगरपालिकाका सागर यादव द्वितीय र उर्लाबारी नगरपालिकाका सरोज धिमाल तृतीय भए भने छात्रातर्फ सुन्दरहरैँचा नगरपालिकाकी कञ्चन कार्की प्रथम, ग्रामथान नगरपालिकाकी स्वेच्छा माझी द्वितीय र बेलबारी नगरपालिकाकी प्राश्ना मगर तृतीय भइन् ।

४ गुणा १ सय मिटर रिले दौडको छात्रतर्फ रतुवामाई प्रथम, उर्लाबारी द्वितीय र बेलबारी तृतीय भए भने छात्रातर्फ सन्दरहरैँचा प्रथम, उर्लाबारी द्वितीय र रतुवामाई तृतीय भए । ४ गुणा ४ सय रिलेको छात्रतर्फ सुन्दरहरैँचा प्रथम, केराबारी द्वितीय र उर्लाबारी तृतीय भए भने छात्रातर्फ केराबारी प्रथम, रतुवामाई द्वितीय र रंगेली तृतीय भए । ३ हजार मिटर दौडको छात्रतर्फ केराबारीका क्षितिज राई प्रथम, उर्लाबारीका गजेन्द्र निरौला द्वितीय र सुन्दरहरैँचाका लक्की तामाङ तृतीय भए भने छात्रातर्फ सुन्दरहरैँचाका लक्की तामाङ तृतीय भए भने छात्रातर्फ उर्लाबारीकी अनिषा राई प्रथम, सुन्दरहरैँचाकी प्रनिश मगर द्वितीय र रतुवामाई आँचल मुर्मु तृतीय भए ।

त्यस्तै ट्रिपलजम्पको छात्रतर्फ ग्रामथानका जीवेश सरदार प्रथम, बेलबारीका सुरेश लिम्बू द्वितीय र धनपालथानका राहुतकुमार साह तृतीय भए भने छात्रातर्फ सुन्दरहरैँचाकी अमिशा चौधरी प्रथम, रतुवामाईकी सुजता चौलागाईं द्वितीय र उर्लाबारीकी सुष्मिता पाँचकोटी तृतीय भइन् ।

त्यसै गरी, कबड्डीको छात्रातर्फ बेलबारी प्रथम, बुढीगंगा दोस्रो, जहदा र सुन्दरहरैँचा तृतीय भए भने छात्रतर्फ धनपालथान प्रथम, विराटनगर द्वितीय, बेलबारी र उर्लाबारी तृतीय भए ।

भलिबलको छात्रतर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, बेलबारी र सुन्दरहरैँचा तृतीय भए भने छात्रातर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, पथरीशनिश्चरे र सुन्दरहरैँचा तृतीय भए ।

एथलेटिक्सतर्फ केराबारी गाउँपालिकाको मच्छिन्द्र माविका अभिषेक श्रेष्ठ र सञ्जयमाया तामाङ उत्कृष्ट खेलाडी भए । कबड्डीतर्फ बेलबारीको काली माविकी शान्ता तामाङ उत्कृष्ट भइन् ।   
            
खेलाडीहरूलाई बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साह, जिल्ला खेलकुद विकास समिति प्रमुख देवराज कट्वाल र सुजन गौतम लगायतले वितरण गरे ।



नयाँ