arrow

ट्राई नेशन्स टि-२० :  नेपालसामु मलेसियाले दियो १ सय १० रनको लक्ष्य

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ६ सोमबार
Cricket-Nep-malaysia-tri.jpg

काठमाडौं। नेपालमा जारी ट्राई नेशन्स टि-२० क्रिकेट प्रतियोगितामा टस जितेर मलेसियालाई ब्याटिङका लागि निम्त्याएको नेपालले राम्रो प्रदर्शन गरेको छ। नेपालले मलेसियालाई १ सय ९  रनमा समेटेको हो। जीतका लागि नेपाललाई निर्धारित २० ओभरमा १ सय १० रनको आवश्यकता रहेको छ ।

नेपालका लागि करण केसीले तीन , सन्दिप लामिछानेले २  विकेट लिएका थिए। त्यसैगरि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहाब आलम र कुशल मल्लले १-१ विकेट लिएका थिए। मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाएका थिए। त्यसैगरि सार्विन मुनान्दीले २० रनको ययोगदान दिएका थिए।

सुरुवातमा केही लय समातेको मलेसिया नेपाली बलिङ आक्रमण सामु धेरै बेर टिक्न सकेन। नेपाली बलरहरुको कसिलो बलिङ अगाडि निरीह देखिएको मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ