arrow

कुशल भुर्तेल र आशिफ शेखको शतकीय साझेदारीले नेपाल विजयी

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ६ सोमबार
cricket-nep-mal-kushal.jpg

काठमाडौं। कुशल भुर्तेल र आशिफ शेखको शतकीय साझेदारीले नेपाल विजयी भएको छ। मलेसिया विरुद्ध १ सय १० रनको लक्ष्य लिएर उत्रिएको नेपाली टोलीले उक्त लक्ष्य १२.१ ओभरमा १ विकेटको क्षतिमा पार गर्दै विजय हासिल गरेको हो।

नेपालका लागि कुशल भुर्तेलले अविजित ६१  रन बनाएका थिए। उनले ४१ बल खेल्दै ५ छक्का र ३ चौकाको मदतले उक्त रन बनाएका हुन्। त्यसैगरि अर्का प्रारम्भिक ब्याट्सम्यान आशिफ शेखले २९ बलमा १ छक्का र ४ चौकाको मदतले ४१ रनको योगदान दिए।

नेपालमा जारी ट्राई नेशन्स टि-२० क्रिकेट प्रतियोगितामा टस जितेर मलेसियालाई ब्याटिङका लागि निम्त्याएको नेपालले मलेसियालाई १ सय ९  रनमा समेटेको थियो।

नेपालका लागि करण केसीले तीन , सन्दीप लामिछानेले २  विकेट लिएका थिए। त्यसैगरि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहाब आलम र कुशल मल्लले १-१ विकेट लिएका थिए। मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाएका थिए। त्यसैगरि सार्विन मुनान्दीले २० रनको योगदान दिएका थिए।

सुरुवातमा केही लय समातेको मलेसिया नेपाली बलिङ आक्रमण सामु धेरै बेर टिक्न सकेन। नेपाली बलरहरुको कसिलो बलिङ अगाडि निरीह देखिएको मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ