arrow

ट्राई नेसन्स टि-२०: नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
Cricket-nepal-mal-tri.jpg

काठमाडौं। नेपाल ट्राई नेसन्स टि-२० सिरिजमा नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ। प्रतियोगितामा नेपालले तीन खेलमा २ जित हासिल गरिसकेको छ भने मलेसियासँग खेल्न बाँकी रहेको छ। नेदरल्याण्ड्सले पनि तीन खेलमा दुई खेल जितेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ६ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले लगातार तेस्रो केलमा अर्ध शतक बनाएका थिए। उनले ४६ बलमा १ छक्का र ८ चौकाको मदतले ६२ रन बनाएका थिए। 

त्यसैगरि दीपेन्द्र सिंह ऐरीले ३० बलमा ५ छक्का र ३ चौकाको मदतले ६० रन बनाएका थिए। अरू ब्याटरहरुमा कप्तान ज्ञानेन्द्र मल्लले २० रन र सोमपाल कामीले २१ रनको योगदान दिएका थिए। नेदरल्याण्ड्सका लागि पिटर सेलर र भिभियन किंगमाले २-२ विकेट लिएका थिए।  

जवाफमा ब्याटिङ गर्न ओर्लेको नेदरल्याण्ड्सले २ सय ७को लक्ष्य १९.३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो। नेदरल्याण्ड्सका लागि बस डे लिडले ४२ बलमा ५ छक्का र ७ चौकाको मदतले आउट नभइ ८० रन बनाएका थिए। त्यसैगरि बेन कुपरले ३५ बलमा ५५ रन बनाएका थिए भने कप्तान पिटर सेलरले १५ बलमा तीन छक्का र १चौकाको मदतले ३० रनको योगदान दिएका थिए। 

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चिंदै ४ विकेट लिएका थिए। त्यसैगरि करण केसी, अविनास बोहोरा र कुशल मल्लले १-१ विकेट हात पारेका थिए। खेलका प्लेयर अफ दि म्याच बस डे लिड घोषित भए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ