arrow

कोरोनाबाट पोखरामा दुई जनाको मृत्यु, मृतक संख्या १ सय १८ पुग्यो

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Gandaki-corona-province.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा आज दुई जनाको मृत्यु भएको छ । जसमा एक जना पुरुष र एक जना महिला छन् ।

मृत्यु हुनेमा पोखरा महानगपालिका वडा नं. २९ की ५४ वर्षकी महिला र पोखरा ३३ का ८४ वर्षका पुरुष रहेका छन् ।पोखरा २९ की महिलामा यही वैशाख ५ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र उनको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसै गरी पोखरा ३३ का पुरुषमा पनि वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसंगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ११ जना पुगेको छ । जसमध्ये कास्कीमा मात्र १ सय १८ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ