arrow

पोखरामा वैशाख १० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन 

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Pokhara-metropolitan-office.jpg

पोखरा । पोखरा महानगरपालिकाले वैशाख १० गतेबाट वार्षिक परीक्षाहरू सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिंदै गएपछि केन्द्र सरकारले सहरी क्षेत्रका विद्यालयहरु वैशाख मशान्तसम्म बन्द गर्ने निर्णय गरेपछि महानगरपालिकाले यस्तो निर्देशन दिएका हो । 

महानगरको शिक्षा महाशाखाले परीक्षा सञ्चालन गर्दा भिडभाड नहुने गरी हरेक दिन दुई वा तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने, भौतिक दूरी, माक्स र स्यानिटाइजर प्रयोग, साबुन पानीले हात हुने व्यवस्थालाई कडाइका साथ लागू गर्न समेत निर्देशन दिएको छ । 

यसैगरी कक्षा ८ को परीक्षा भने पूर्वनिर्धारित तालिका अर्थात् जेठ ३ गतेबाटै सञ्चालन गर्ने तर आवश्यकता परेमा कार्यतालिका परिवर्तन हुन सक्ने महानगरले जनाएको छ । 

महानगरले जेठ महिनामा वार्षिक नतिजा प्रकाशन र आगामी शैक्षिक कार्ययोजना निर्माण गर्ने, विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर शैक्षिक गतिविधि गर्नुपर्ने निर्णय पोखरा महानगरपालिकाले गरेको छ । 

यस्तै परीक्षा शुरु गर्नु पूर्व कक्षा सञ्चालन गर्नुपर्ने भएमा अनलाइन माध्यमबाट मात्र गर्न आग्रह गर्दै महानगरपालिकाले भौतिक उपस्थितिमा कुनै पनि सर्तमा विद्यालय सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ