arrow

टी–२० सिरिजः लिगको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
nepal-malaysia-t20.jpg

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले बिहीबार मलेसियासँग खेल्दैछ । 

टियू क्रिकेट मैदानमा खेल दिउँसो १ः१५ बजे शुरु हुनेछ । नेदरल्यान्ड्ससमेत सम्मिलित प्रतियोगितामा शीर्ष दुईमा रहेर नेपाल र नेदरल्यान्ड्सले शनिबार उपाधिका लागि फाइनल खेल्ने तय भइसकेको छ । 

नेपाल सहज जितसहित शनिबारको फाइनलको तयारीमा रहने छ भने मलेसिया सान्त्वना जितको खोजीमा हुनेछ । 

पहिलो भेटमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो । 

यो खेल जित्दा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ । 

अहिलेसम्म ३ खेलबाट ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ भने ४ खेलबाट ५ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । 

प्रतियोगिताबाट बाहिरिइसकेको मलेसियाको १ अंक छ । वर्षाका कारण अवरुद्ध बुधबारको नेदरल्यान्ड्सविरुद्धको खेल भने बराबरीमा सकिएको थियो । 

डकवर्थ लेविस नियमअनुसार खेल टाइ भएको थियो । 

वर्षाले बिहीबार पनि असर गर्नेछ । बिहानैदेखि वर्षा भएका कारण मैदान चिसो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ