arrow

राजद्रोह मुद्दा लागेका कठायत छुटे, सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
Biplab1.jpg.jpeg

बझाङ । नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन् ।  उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो ।

सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच  कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थिए । अझै तीन जना कारागारमै छन् ।

प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनाका साथै कोणसभासमेत आयोजना गरिएको थियो ।  

सभामा  कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ