arrow

ट्राई नेशन टि-२०: मलेसिया विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
karan-kc-new.jpg

काठमाडौं। ट्राई नेशन टि-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९  रनले पराजित गरेको छ। यो खेल अघि नै नेपाल फाइनल पुगिसकेको थियो। शनिवार हुने फाइनलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्ने छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले करण केसीको बिष्फोटक ब्याटिङको मदतले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय १७ रन बनाएको थियो। जवाफमा मलेसिया १ सय ४८ रनमा समेटिएको थियो।

नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतले ४५ रन बनाएका थिए। त्यसैगरि आशिफ शेखले ३२ बलमा ४२ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रनको योगदान दिएका थिए। शेखले ३ छक्का र ३ चौका प्रहार गरेका थिए भने मल्लले ४ छक्का र १ चौका प्रहार गरेका थिए।

अन्य ब्याटरमा दीपेन्द्र सिंह ऐरीले १७ बलमा ३३ बनाउँदा कुशल मल्लले १० बलमा १९ रन बनाएका थिए। पहिलो तीन खेलमा अर्ध शतक बनाएका कुशल भुर्तेलले १२ बलमा १६ रनको योगदान दिएका थिए। मलेसियाका फित्री साम, अनवर रहमान र सइद अजिजले २-२ विकेट लिएका थिए।

जवाफमा ब्याटिङ गर्न आएको मलेसियालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिएका थिए। सोमपालले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर तीन विकेट लिएका थिए भने अलि महँगा साबित भएका सन्दीपले ४ ओभरमा ४२ रन खर्चिँदै तीन विकेट लिएका थिए।

त्यसैगरि पहिलो खेल खेलिरहेका कमल सिंह ऐरीले पनि ३ विकेट लिएका थिए भने सुसन भारीले १ विकेट हात पारेका थिए। मलेसियाका अमिलुद्दीन राम्लीले १८ बलमा ४१ रन बनाएका थिए । उनले ५ छक्का र १ चौका प्रहार गरेका थिए। त्यसैगरि कप्तान अहमद फैजले २१ बलमा १ छक्का र ४ चौकाको मदतले ३१रनको योगदान दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ