arrow

सर्लाहीमा पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
pakrau-jail.jpg

सर्लाही । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका-२, का ३२ वर्षीय त्रिभुवन बैठालाई हतियारसहित पक्राउ गरेको हो ।

बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका-१२, कालिन्जोर चोकमा बीआर ३० जेड ६५४८ नम्बरको भारतीय मोटरसाइकल रोकेर खानतलासी लिँदा चालक बैठाको साथबाट मेडइन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने चार राउन्ड गोली र एक थान म्यागेजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 मोटरसाइकल पछाडि सवार व्यक्ति भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले हतियार बोकेर हिँड्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ