arrow

सात दिन पछि हुम्लामा इन्टरनेट सेवा सुचारु

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख ११ शनिबार
humla-telecom-tower.jpg

हुम्ला। हुम्लाको सदरमुकाम सिमिकोट सहित आसपासका क्षेत्रमा सात दिन देखि अवरुद्ध इन्टरनेट सेवा शुक्रवार दिउँसोबाट सुचारु भएको छ। कालिकोट जिल्लाको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि शुक्रवार दिउँसो तीन बजेबाट सञ्चालनमा आएको छ।

शनिवार बेलुकाबाट अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जन बढी बैङ्क तथा वित्तीय संस्थालाई सहज भएको छ।

महाबुलेखमा रहेको रिपिटर टावरमा बिग्रेको सामान सहित पुगेको प्राविधिकको टोलीले  रिपिटर टावरमा बिग्रिएको सामान जडान गरे पछि आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम हुम्लाका प्रमुख शिव भट्टराईले बताए।

रिपिटर टावरमा समस्या भएको ७ दिन पछि शुक्रवार बिहान प्राविधिकको टोली महाबुलेखमा पुगी मर्मत गरेर इन्टरनेट सेवा सुचारु हुँदा जिल्लाका सञ्चार माध्यमा देखि अन्य सेवाग्राहीलाई सहज भएको छ।

इन्टरनेट नहुँदा ७ दिन देखि ठप्प रहेको जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरूको कारोबार इन्टरनेट सेवा सुचारु भए सँगै सम्पुणर् सेवाहरू सञ्चालनमा आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ