arrow

कोरोनाको दोस्रो भेरियन्टबाट बच्न सक्ने औषधी बनाएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
laximi-oli.JPG

काठमाडौं । विश्वभरी फैलिएको दोस्रो चरणको कोरोना भाइरसबाट जोगाउन आयुर्बेदिक अनुसन्धानकर्ता लक्ष्मी ओलीले ईम्युनो बुस्टर जडिबुटी औषधी तयार गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ओलीले कोभिड-१९ को कारण ईम्युनिटी सिस्टमलाई क्षय हुनबाट जोगाउन इम्युनो बुस्टर तयार गरेको जानकारी दिए ।

कार्यक्रममा ओलीले विश्वभरी फैलिरहेको कोरोना भाईरसले विश्वभरमा नै धेरै मानिसलाई संक्रमण गरेर मानिसको ईम्युनिटी सिस्टमलाई क्षय गरेर धेरै मानिसको मृत्यु भएको भन्दै पहिलो चरणको कोरोना फैँलदा पनि पुनर्जिवन ईम्युनो बुस्टर बनाएर धेरै संक्रमित ब्यक्तिहरुलाई बचाएको स्मरण गराए ।

उनले अहिलेको भाइरस पहिलाको तुलनामा डबल म्युटेन्ट भाईरस भएको बताए । उनले भने, ‘यो अझै खतरापुर्ण भाईरस हो । जसले छाति र फोक्सोमा संक्रमण गरेर शरिरमा अक्सिजन घट्ने, निमोनिया उत्पन्न गर्ने र मृत्युसम्म पुर्‍याउँछ।’

अनुसन्धान कर्ता ओलीले डबल म्युटेन्ट भाईरस ई ४८४ क्यू र एल ४५२ आर मिलेर बी १.६१७ बनेकाले यस भाईरसले संक्रमित हुँदा बिरामीमा ज्वरो आउने, डायरिया हुने, खोकी लाग्ने, खानाको स्वाद थाहा नपाउने, जिउ दुख्ने, कामज्वरो आउने र तिब्र रुपमा अक्सिजन घट्ने जस्ता शारिरिक लक्षण देखिने बताए ।

‘यो भाईरस कोभिड-१९ नै भएतापनि अहिलेको भाईरस पहिलाको तुलनामा कडा खालको भाईरस हो ।’ -उनले भने ।  कोरोना भाईरसबाट स्वास्थ्यमा हुने हानीलाई कम गर्न र संकमण ठिक गर्नका लागी शरिरको ईम्युनिटी बढाउनका लागी भनेर १७ प्रकारका जडिबुटीको मिश्रण तयार पारेर बिगतको समयमा पनि बिरामीहरुलाई सेबन गराएर संक्रमणमुक्त उनले बताए ।

उनले बर्तमान समयमा पनि पहिला बनाएकै औषधिका जडिबुटीको चूर्णलाई केहि औषधिको मात्रा घटबढ गरेर कडा खाले भाईरससँग लड्न सक्नेगरि र शरिरमा ईम्युनिटी बढाउने खालका जडिबुटीको प्रयोग गरेर तयार पारेको स्पष्ट पारे ।

उनले भने, ‘यो तयार पारिएको ईम्युनो बुस्टर सबै बिरामीहरुमा प्रभाबकारी देखिएको छ । यो औषधि सेबन गरेर अहिलेको संक्रमणलाई संक्रमितहरुले कोभिड-१९ लाई पराजित गरिरहनुभएको छ ।’

संक्रमित ब्यक्ति वा संक्रमण नभएका जो सुकै ब्यक्ति, सबै प्रकारका रोगी बिरामीले सेबन गन ईम्युनिटी बुस्टर सेबन गर्न सक्ने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ