- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकअघि सबै केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण गर्ने भएको छ । केन्द्रीय समिति बैठक भोलि सोमबारका लागि डाकिएकोमा कोरोना सङ्क्रमण बढेको भन्दै कांग्रेसले परीक्षणपछि मात्रै बैठक बस्ने बताएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारीहरुको पिसिआर परीक्षण गरिने र त्यसपछि मात्रै बैठक बस्ने बताए । तर मिति भने तय नभइसकेको उनले भनेका छन् ।
बैठकमा आउनुअघि सबै केन्द्रीय सदस्यलाई परीक्षण गर्न कांग्रेसले भनेको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । बैठकमा थप कुनै निर्णय भने नभएको बताइएको छ ।