arrow

विराटनगरका सबै शैक्षिक संस्था वैशाखभर बन्द गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
BIRATNAGAR-METRO-300x170.jpg

मोरङ । विराटनगर महानगरपालिकाले वैशाख मसान्तसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएको र कतिपय विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना सङ्क्रमण भएको भन्दै आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रूपमा हुने विद्यालयको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाका अनुसार पूर्व निर्धारित परीक्षा तथा पठनपाठन २०७८ वैशाख मसान्तसम्मका लागि स्थगित गरिएको हो ।

सूचना विपरीत विद्यालयहरू सञ्चालन भए कारबाही गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ ।

विराटनगरमा एक साता यता दैनिक रूपमा ५० जना बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदै आएको छ ।

आइतबार प्रदेश १ मा १२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा विराटनगर महानगरपालिकाभित्रका मात्रै ८४ जना रहेका छन् ।

 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ