arrow

विभिन्न देशसहित गुगल-अमेजनले गर्‍यो भारतलाई सहयोग, बुर्ज खलिफामा लेखियो 'स्टे स्ट्रंग इन्डिया'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
burj-khalifa-india.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणले विकराल अवस्थामा पुगेको भारतलाई यति बेला विभिन्न देशहरूले मद्दत गर्न थालेका छन् ।अमेरिका, बेलायत, सिंगापुरलगायतका देशहरूले भारतलाई विभिन्न अत्यावश्यक मेडिकल सहयोगहरू गरिरहेका छन् ।

भारतमा अहिले अक्सिजनको अभावका कारण सयौं नागरिकहरूले ज्यान गुमाइरहेका छन् । देशबाहेक विश्वका ठुला कम्पनीहरू माइक्रोसफ्ट, अमेजन र गुगलले समेत भारतलाई सहयोग गरिरहेका छन् ।

गुगलका सिइओ सुन्दर पीचाई र माइक्रोसफ्टका सिइओ सत्य नाडेला भारतीय मूलका अमेरिकी हुन् । गुगलले भारतलाई १ सय ३५ करोड भारतीय रुपैयाँ मद्दत गर्ने जनाएको छ । यसबाहेक अमेजनले समेत भारतलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

भारतीय नागरिकहरू एवं भारत समुदायको मनोबल बढाउनकै लागि युनाइटेड अरब एमिरेट्स (युएई) सरकारले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भारतको झण्डा राख्दै स्टे स्ट्रंग इन्डिया लेखेर प्रदर्शन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ