arrow

जीपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरद्धारा कोभिड खोप अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
gp-koirala-usa-chapter.jpg

न्यूयोर्क । गिरिजाप्रसाद (जीपी) कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनममा न्यूयोर्क र आसपासमा रहने नेपालीलगायत विभिन्न समुदायका ७७ जनालाई कोभिडबाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य अन्तिम पटक भव्यताका साथ सम्पन्न भएको छ । 

संस्थाले क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी यसरी खोप अभियान चलाएको यो चौथो वृहत कार्यक्रम हो । कार्यक्रममा बिहानैदेखि फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री, समाजसेवी एवं नेपाली कांग्रेस सोलुखुम्वुका युवा नेता विजय थुलुंग, दुर्लभ मगर र विशाल बढामगर खटिएका थिए । 

हस्पिटल प्रशासनको सौहार्दपूर्ण सहयोगमा आगन्तुकहरुलाई लाईन व्यवस्थापन गर्ने, अनलाइन प्रश्न भरिदिने, भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरुमा फाउन्डेशनका स्वयंसेवीहरुको अहम् भूमिका रहेको थियो । 

क्विन्स अस्पताल प्रशासनसँग सहमति भएअनुसार हरेक हप्ताको शनिबारका दिन फाउन्डेशनलाई प्राप्त ५०० जनासम्मले एकैसाथ भ्याक्सिन लगाउन सक्ने सहमति भएअनुसार अप्रिल महिनाभर हरेक शनिबार निरन्तर खोप कार्यक्रम संचालन गरिएको प्रवक्ता रामचन्द्र अधिकारीले जानकारी दिए । 

फाउन्डेशनका कार्यवाहक अध्यक्ष  सुवर्ण लामाले कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा प्रशन्नता व्यक्त गरे । संभवत अमेरिकामा रहेका नेपाली संघसंस्थाहरूमध्ये गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टर नै पहिलो संस्था हो जसले एकमुष्ट रुपमा र वृहत तरिकाले एकैथलोमा सामूहिक रूपमा खोप लगाउन सफल भएको छ।

विभिन्न नेपाली समुदायसँग समन्वय गरी फाउन्डेशनद्वारा वितरित फाराम भरी नामावली संकलन गरिएको र सोही अनुसार व्यवस्थित रुपमा खोप लगाइएको कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताए । 

फाउण्डेशनको खोप लगाउने अभियानमा अप्रिल महिना भरीको यो चौथो र अन्तिम पटक खोप कार्यक्रममा लगभग ९०० जनाले भ्याक्सिन लगाउन सफल भएका छन् ।

सो कार्यक्रममा क्विन्स अस्पतालमा नेपाली समुदायका लागी छुट्टै सहायता केन्द्र स्थापना गरिएको र सो डेस्कमा स्टेफन मनरो, सरोजिनी कुमार, डाक्टर राव र ग्रेगरी महावीको विशेष सहायता टोली रहेको थियो ।

क्विन्स अस्पतालका समुदाय वोर्ड सल्लाहाकार समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक डिस्ट्रिक्ट लिडर डाक्टर एन्थोनी एन्ड्रीयुज जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदायस्तरमा खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त रे ।

हालसम्म लगातार सहयोग गरेकोमा हस्पिटल प्रशासनलाई फाउन्डेशन परिवारको तर्फवाट विशेष धन्यवाद प्रकट गर्दै आफ्नो अग्रसरतामा खोप लिने समुदायका सम्पुर्ण महानुभावप्रति संस्थाका तर्फबाट धन्यवाद प्रकट गरिएको महासचिव एवं भ्याक्सिन टास्क फोर्सका संयोजक छिरिंग राप्के लामाले बताए ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको ‘भ्याक्सीन लगाऔं, स्वस्थ्य रहौं, आफु पनि बाचौं र अरुलाई पनि बचाऔं’ को अभियानमा शेर्पा किदुग अमेरिका, अधिकार र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोग रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ