arrow

संक्रणबाट महिलाको मृत्युपछि गाउँ सिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
Dead_Body.jpg.jpeg

डोटी । शिखर नगरपालिका-१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो ।

 वडाध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित  विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतिरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिण तीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।

यसै गरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आव जावत गर्नमा यही २० गतेसम्म बन्देज गरिएको छ । जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउने क्रम बढ्नुका साथै उनीहरू क्वारेनटिन नबसी सिधै गाउँ जान थालेका कारण गाउँमा कोरोना संक्रण बढ्ने भन्दै स्थानीय बासीमा त्रास फैलिएको छ ।

जिल्लामा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।



नयाँ